शीर्षकहरू

चितवनमा रवि लामिछानेसहित १० जनाका विरुद्ध सहकारी ठगी मुद्दा दायर

चितवनमा रवि लामिछानेसहित १० जनाका विरुद्ध सहकारी ठगी मुद्दा दायर

काठमाडौं । साहरा चितवन बहुउद्देश्यीस सहकारी संस्थाका बचतकर्ताहरूले रवि लामिछाने र छविलाल जोशीसहितका १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्। उक्त जाहेरी लिएर अनुसन्धान सुरू गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ।

साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन्।