शीर्षकहरू

भन्सार छली ल्याइएको १०२ बोरा चाइनिज लसुन बरामद

भन्सार छली ल्याइएको १०२ बोरा चाइनिज लसुन बरामद

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छली ल्याइएको करिब ४ लाख ८० हजार मूल्य बराबरको १०२ बोरा चाइनिज लसुन बरामद गरेको छ । मंगलबार राति उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले पर्सा विन्दवासिनी गाउँपालिका वडा नं ३ झौवास्थित हाल नामथर वतन नखुलेको व्यक्तिको कुखुरा फर्मबाट लसुन बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा कुखुरा फर्ममा भन्सार छली चोरी निकासी गर्नको लागि अनाधिकृतरूपमा भण्डारण गरी राखिएको अवस्थामा १ हजार ७८० किलोग्राम लसुन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उक्त लसुन थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।