शीर्षकहरू

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा, बोनस शेयर कति ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ सम्मको  मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको कुल ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो । 

कुल लाभांशमध्ये ६ प्रतिशत बोनस शेयर रहेको छ भने १ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ सहित) रहेको छ । मङ्सिर ४ गते बसेको कम्पनीकोे सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

 नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण हुनेछ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १४ दशलमव ००५१ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । यस आधारमा लाभांशदर गत वर्ष भन्दा यस वर्ष घटेको छ ।