काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको स्वामित्वमा भएको सिबिआइएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन्।
पेशाले चार्टड एकाउन्टेन्ट रहेका अर्याललाई संचालक समितिले सीईओंमा नियुक्त गरेको हो । अर्याल यसअघि जाल्पा माइक्रो फाइनान्समा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका थिए। सीबीआईएल सेक्युरिटिज सिटिजन्स बैकको भगिनी संस्था हो।