काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्वामित्वमा रहेको २७ लाख ३ सय २१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
यो शेयर हाललाई कम्पनीका विद्यमान शेयरधनीले मात्रै खरिद गर्न पाउने सूचनामा उल्लेख छ । शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र आफूले लिन चाहेको शेयर संख्या र दररेट खुलाई कम्पनीको शेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथलीमा शिलबन्दी पेस गर्नुपर्नेछ ।