शीर्षकहरू

तीन महिनामा विदेश अध्ययन गर्न जानेले लगे ३२ खर्ब १८ करोड

तीन महिनामा विदेश अध्ययन गर्न जानेले लगे ३२ खर्ब १८ करोड

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को असोज महिनासम्ममा नेपालको भ्रमण व्यय ५५ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाली विदेश भ्रमणमा गर्ने खर्च गत आवको सोही अवधिको तुलनामा ७ंं.७ प्रतिशत बढेको छ । गत आवको सोही अवधिमा भ्रमण व्यय ५१ अर्ब ८० करोड  रहेको थियो । 

भ्रमण व्ययमध्ये वैदेशिक अध्ययनका लागि ३२ अर्ब १८ करोड रुपैयाँ खर्चिएका छन् । गत आवको सोही अवधिमा भने अध्ययन गर्न जानेले ३२ अर्ब ९२ करोड खर्चिएको तथ्यांकले देखाएको छ । 

तर, नेपाल घुम्न आउने पर्यटकबाट भने नेपालले १७ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको  छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ३.५ प्रतिशतले मात्रै वृद्धि भएको हो । गत आवको सोही अवधिमा नेपालले १७ अर्ब १३ करोड भ्रमणबाट आम्दानी गरेको थियो  ।