शीर्षकहरू

बाढी पहिरोको क्षतिमा ११ अर्ब ८२ करोडको बीमा दाबी, सम्पत्तितर्फ ७४ प्रतिशत‍

बाढी पहिरोको क्षतिमा ११ अर्ब ८२ करोडको बीमा दाबी, सम्पत्तितर्फ ७४ प्रतिशत‍

काठमाडौं । गत असोजमा गएको बाढी पहिरोबाट बीमा कम्पनीहरुमा परेको दाबी रकम बढेर ११ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ । गत कार्तिक २८ गतेसम्ममा दाबी संख्या तीन हजार ४१८ पुगेको छ । 

बाढीका कारण सबैभन्दा बढी भौतिक संरचनामा क्षति पुगेको छ । फलस्वरुप बीमा कम्पनीहरुमा सम्पत्तिमा बीमामा सबैभन्दा बढी दाबी परेको छ । नेपाल बीमा प्राधिरकणको तथ्यांक अनुसार सम्पति बीमा एक हजार ६५३ वटा संख्याको दाबी बापत ८ अर्ब ७५ करोड रुपैयाँ दाबी परेको छ ।  यो रकम कुल दाबीको करिब ७४ प्रतिशत हो । सम्पत्ति बीमा अन्तर्गत घर, गोदाम, भौतिक संरचना लगायत पर्छन् । बाढी पहिरोले बागमती प्रदेश लगायतका धेरै भौतिक संरचनामा क्षति पुराएको छ । 

सरकारले कर्जामा लिएर बनाइएका संरचनाको अनिवार्य बीमाको व्यवस्था गरेको छ । त्यसैले पनि सम्पत्ति बीमा धेरै दाबी परेको कम्पनीहरुले जनाएका छन् । 

इन्जिनियरिङग तथा ठेकेदार जोखिम बीमामा ३०४ वटा दाबी बापत दुई अर्ब ४३ करोड रुपैयाँ बराबरको दाबी परेको छ । सम्पत्ति बीमा पछि कम्पनीहरुमा इन्जिनियरिङग बीमामा धेरै दाबी परेको हो । इन्जिनियरिङग बीमा भित्र निर्माण कम्पनीहरुले ठेक्कामा निर्माण गरि रहेका संरचना पर्छ । तोकिएको निर्माण अवधि भित्र निर्माणधिन संरचना र निर्माण सामाग्रीको क्षति भएमा यस्तो बीमा अन्तर्गत दाबी गरिन्छ । बाढी पहिरोले निर्माणधिन पुल र सडकहरुमा क्षति पुगेको थियो । 

मोटर बीमा (निजी) मा भने ८८७ वटा दाबी बापत ३७ करोड ७९ लाख रुपैयाँ दाबी परेको छ । मोटर बीमा अन्तर्गत विभिन्न खालका सवारी साधन पर्छन् । सरकारले मोटर बीमाको तेस्रो पक्ष बीमा अनिवार्य गरेको छ । सार्वजनिक मोटर बीमा तर्फ भने ३५० वटा दाबी बापत २० करोड ५१ लाख रुपैयाँको दाबी परेको छ ।  बाढीको कारण मोटरहरु बगाउने र डुबानमा परेपछि मोटर बीमामा पनि दाबी बढेको हो । 

पशुपन्छी बीमामा भने ५१ वटा दाबी परेको छ । सो दाबी बापत एक करोड ६८ लाख रुपैयाँको दाबी परेको छ । त्यस्तै कृषि बालि बीमामा भने १३१ वटा दाबी परेको छ । सो दाबी संख्या बापत कम्पनीहरुमा एक करोड १२ लाख रुपैयाँको दायित्व परेको छ । बाढीले बाली नाली डुबाउने पर्ने देखि लिएर पशुपन्छी समेत बगाएको थियो । 

सामुद्रिक बीमामा २२ वटा दाबी बापत एक करोड ३७ लाख रुपैयाँ दाबी परेको छ भने विविध बीमामा २० वटा दाबी बापत ६५ लाख ५२ हजार रुपैयाँ दाबी परेको छ । 

दाबीको करिब ५ प्रतिशत भुक्तानी 

बाढी पहिरोबाट बीमा कम्पनीहरुमा उत्पन्न भएको दाबीमध्ये बीमा कम्पनीहरुले जम्मा ५ प्रतिशत मात्रै भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत कार्तिक २८ गतेसम्म कम्पनीहरुले ६१ करोड ७ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । दाबी संख्यामध्ये कम्पनीहरुले ९०२ वटाको भुक्तानी गरेका छन् । 

तथ्यांक अनुसार सम्पत्ति बीमा परेको दाबीमध्ये कम्पनीहरले ३९८ वटा दाबी बराबर ४६ करोड ७० लाख रुपैयाँ भुक्तानी गरेका छन् । इन्जिनियरिङग तथा ठेकेदार जोखिम बीमाको ३८ वटा दाबी बराबर तीन करोड ११ लाख रुपैयाँ भुक्तानी भएको छ । 
मोटर बीमा (निजी) परेको दाबीमध्ये २८० वटा दाबी बापत ६ करोड १६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । मोटर बीमा (सार्वजनिक) तर्फ ९१ वटा दाबी बराबर चार करोड ३० लाख रुपैयाँ भुक्तानी भएको छ । 

पशुपन्छी बीमाको २१ वटा दाबीको २४ लाख ९२ हजार रुपैयाँ भुक्तानी भएको छ । सामुन्द्रिक बीमामा दुई वटा दाबी बराबर सात लाख २१ हजार रुपैयाँ भुक्तानी भएको छ । कृषि बाली बीमामा ६५ वटा दाबी बापत २८ लाख ४० हजार रुपैयाँ भुक्तानी भएको छ भने विविध बीमामा परेको दाबीमध्ये सात वटा दाबीको १८ लाख १२ हजार रुपैयाँ भुक्तानी भएको छ । 

सबैभन्दा धेरै दाबी बागमती प्रदेशमा

बीमा कम्पनीहरुमा परेको कुल दाबी रकमको सबैभन्दा धेरै दाबी बागमती प्रदेशमा नै परेको छ । प्राधिकरणको तथ्यांक अनुसार बागमती प्रदेशमा १० अर्ब ६३ करोड रुपैयाँ बराबरको दाबी परेको छ । यो रकम कुल दाबी रकमको रकम ९० प्रतिशत हो । बाढीले सबैभन्दा बढी बागमती प्रदेशमा क्षति पुराएको थियो । कम्पनीहरुमा दुई हजार ९६८ वटा दाबी परेको थियो । बागमती प्रदेशमा परेको दाबीमध्ये कम्पनीहरुले ७८० वटाको ५८ करोड ८८ लाख रुपैयाँ मात्रै भुक्तानी गरेका छन् । 

कोशी प्रदेशमा भने २५१ वटा दाबी बराबर ७८ करोड ५५ लाख रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीहरुले ८५ वटाको एक करोड १४ लाख रुपैयाँ भुक्तानी गरेका छन् । मधेश प्रदेशमा १०१ वटा संख्या बापत १८ करोड २७ लाख रुपैयाँ दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले १८ वटाको दाबी संख्या बापत ३२ लाख ९१ हजार रुपैयाँ भुक्तानी गरी सकेको छन् । 

गण्डकी प्रदेशमा भने ३३ वटा दाबी संख्यामा ६ करोड ७२ लाख रुपैयाँ दाबी परेको छ । जसमध्ये कम्पनीहरुले एउटा दाबीको १५ हजार रुपैयाँ मात्रै दाबी भुक्तानी गरेका छन् । लुम्बिनीमा ४८ वटा दाबी संख्या र १० करोड ४ लाख रुपैयाँ दाबी परेको थियो ।

कम्पनीहरुले हालसम्म ९ वटा दाबी बापत ३५ लाख ७३ हजार रुपैयाँ भुक्तानी गरेका छन् । कर्णालीमा ८ वटा दाबी बापत दुई करोड ३ लाख रुपैयाँ दाबी परेको थियो । जसमध्ये कम्पनीहरुले तीन वटा दाबी बापत एक लाख तीन हजार रुपैयाँ भुक्तानी गरेका छन् । सुदुरपश्चिममा १० वटा दाबी संख्या बापत दुई करोड ६२ लाख रुपैयाँ दाबी परेकोमा कम्पनीहरुले ६ वटा दाबी बापत ३५ लाख ३ हजार रुपैयाँ भुक्तानी गरेका छन् । 

null