काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले मंसिर २५ गते साधारण सभा गर्दै छ । बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको ६.५० प्रतिशत लाभांश प्रस्ताव पारित गर्ने प्रस्ताव रहेको छ । सभामा बैंकले ६।५० प्रतिशत बोनस सेयर र १९ प्रतिशत नगद ९कर सहित० गरी कुल २५।५० प्रतिशत वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर ६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । मंसिर ५ गतेसम्म कायम शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।