शीर्षकहरू

'ज्योति समूहको घर झगडामा बालेनले महानगरको प्रहरी दुरुपयोग गरे'

'ज्योति समूहको घर झगडामा बालेनले महानगरको प्रहरी दुरुपयोग गरे'

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह पारिवारिक झगडामा हस्तक्षे गरेको ज्योति समूहका अध्यक्ष डा रुप ज्योतिले आरोप लगाएका छन् । पारिवारक झगडामा महानगरको पुरै जनशक्ति लगाएर नगर प्रहरी बारम्बार पठाएर दुर्व्यवहार गर्दै एक पक्षलाई दुख दिइरहेको उनले आरोप लगाए । डा ज्योतिले भने, ‘अस्पताल रहेको भवन भनेको ज्योति समूहको हो । यो कुनै सार्वजनिक सम्पत्ति होइन् ।

दाईले मुद्दा हालेर जितेर भवन खाली भएन भने मलाई लगेर कारवाही गर्दा पनि हुन्थ्यो । नभई अस्पताल नै दाईले नै चलाए पनि हुन्थ्यो । आखिर यो ज्योति समूहकै अस्पताल हो । अस्पताल जस्तो संवेदनशील कुरामा हप्तैपिच्छे नगर प्रहरी ल्याएर तमासा गर्न जरुरी थिएन् । मेयरले पनि यो पारिवारिक विवादमा मिल्नुस, झगडा नगर्नुस् भन्दा हुन्थ्यो । गाडीका गाडी नगर प्रहरी पठाएर के पुरुषार्थ देखाउन खोज्या हो ? बुझ्न सकिन् ।’ 

तर, राज्यको साधनस्रोतबाट चलेको जनशक्तिलाई व्यवसायिक घराना ज्योति समूहका सदस्य पद्य ज्योतिले आफ्नै भाई डा.रुप ज्योति र भतिजीमाथि नै नगर प्रहरी लगाएर दुर्व्यवहार गर्न लगाएको भन्दै कान्तिपथस्थित ग्राण्डी सिटी अस्पताल रहेको भवनमा नगरप्रहरी र रुप ज्योतिको परिवारबीच झगडा भइरहेको छ । दूई परिवारकाबीचको अंश विवादमा सहमतिमा नै बनाएको अस्पताको आफ्नो अंशमा परेको भवनबाट अस्पतालका बिरामी र अस्पतालका संरचना खाली गर्न पद्य ज्योति र उनका छोरा सौरभ ज्योतिले पटक पटक नगर प्रहरी लगाएर हस्तक्षेप गर्दै आएको रुप ज्योतिको आरोप छ । 

डा रुप ज्योति आफू र छोरीमाथि आज भएको दुर्व्यवहार नगर प्रहरी र दाईको पारिवारको हदैसम्मको गैरजिम्मेवार र विवकेहीन प्रवृत्ति भएको बताउँदै यसले आफूलाई दुःख लागेको बताए । डा ज्योतिले भने, ‘दाईको भागमा परेको भवनको खण्डको मैले भाडा दिँदै आएको छु । अरुलाई भाडामा दिए पनि उहाँले लिने त्यही पैसा हो । अर्को कुरा मैले अस्पताल खाली गर्छु केही समय दिनुस्, महंगा उपकरणहरु छन् । बिरामी छन् । केही समय चाहिन्छ । अस्पताल राख्ने कुरा त्यहीअनुसारको भवन पनि चाहियो भन्दा यसरी तारन्तार नगर प्रहरी ल्याएर रमिता देखाउनुपर्ने जरुरी नै के थियो ।’