शीर्षकहरू

विदेशबाट एक वर्षमा १० अर्ब २९ करोड लगानी आउँदा भित्रियो ५९ अर्बको ऋण

विदेशबाट एक वर्षमा १० अर्ब २९ करोड लगानी आउँदा भित्रियो ५९ अर्बको ऋण

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा  १० अर्ब २९ करोड  वैदेशिक लगानी भित्रिएको बताएको छ ।

आज नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गर्दै आव २०८०/८१ मा उक्त रकमको वैदेशिक लगानी भित्रिएको जानकारी दिएको हो ।

तर यही अवधिमा वैदेशिक ऋण भने करिब ५९ अर्ब थपिएको छ । राष्ट्र बैंकका अनुसार यस अवधिमा ५८ अर्ब ९६ करोडको वैदेशिक ऋण रेखाङ्कन भएको छ ।