काठमाडौं । मणिपुर र आसामको सीमा नजिक रहेको जिरी नदीमा शुक्रबार एक महिला र दुई बालबालिकाको शव भेटिएपछि मणिपुरमा फेरि हिंसा भड्किएको छ । मणिपुरमा शनिबार एक भीडले इम्फाल उपत्यकाका धेरै विधायक र मन्त्रीहरूको घरमा आक्रमण गरेको थियो। भीडले धेरै गाडीमा आगजनी समेत गरेको छ ।
शनिबार इम्फालमा प्रदर्शनकारीहरूले दुई मन्त्री र तीन विधायकको घरमा आक्रमण गरेर जिरिबम जिल्लामा तीन जनाको हत्याको लागि न्यायको माग गरे । भीडले लाम्फेल सनकेथेल क्षेत्रमा स्वास्थ्य र परिवार कल्याण मन्त्री सपम रञ्जनको घरमा आक्रमण गरेको हो ।
विधायकको घरमा भीडले आक्रमण गरेपछि इम्फाल पश्चिम प्रशासनले जिल्लामा अनिश्चितकालीन कर्फ्यू लगाएको छ । इम्फाल पश्चिम जिल्ला मजिस्ट्रेट टी किरणकुमारले जारी गरेको आदेश अनुसार शनिबार साँझ ४ः३० बजेदेखि कर्फ्यू लगाइएको हो।
इम्फाल पश्चिमका प्रहरी उपरीक्षक मेघचन्द्रले पनि इम्फाल उपत्यकामा भीडले हिंसा गरेको जानकारी दिए । उनले बीबीसीलाई भने, 'जिल्लामा बिग्रँदै गएको अवस्थालाई ध्यानमा राख्दै कर्फ्यू लगाइएको छ। संवेदनशील स्थानहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।'