काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ८२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्को तुलनामा २ करोड ३९ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीको यस वर्ष ४३ लाख ४० हजार रुपैयाँभन्दा बढीले खुद नाफा बढाएको हो । यस वर्ष कम्पनीको वित्तीय खर्च घटेकाले खुद नाफा बढ्न सहयोग मिलेको हो । गत वर्ष ८१ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष ६५ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको हो ।
विद्युत विक्री आम्दानी पनि यस वर्ष बढेको छ । गत वर्ष ४ करोड ३६ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले यस वर्ष ४ करोड ४३ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ६१ करोड ५९ लाख ६८ हजार रुपैयाँ छ ।
अदर इक्वीटी ६ करोड ५३ लाख रुपैयाँभन्दा बढी कायम छ । पहिलो त्रैमाससम्म कम्पनीको कर्जा सापटी रकम २६ करोड ७८ लाख रुपैयाँभन्दा बढी छ । पहिलो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ५९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ६० पैसा छ ।