काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म रिलायन्स स्पिनिङ मिल्सले ८ करोड ६७ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म ५ करोड ३ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ७२ दशमलव २३ प्रतिशत बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको वित्तीय आम्दानी उल्लेख्य मात्रामा घटेकाले यस वर्ष खुद नाफामा सकारात्मक प्रभाव परेको हो । गत वर्ष ४७ करोड २६ लाख रुपैयाँभन्दा बढी वित्तीय खर्च गरेको कम्पनीले यस वर्ष १० करोड ४३ लाख रुपैयाँभन्दा बढी यो खर्च गरेको हो ।
सञ्चालन नाफा गत वर्ष ५७ करोड २७ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष २० करोड २१ लाख रुपैयाँभन्दा बढी मात्र भएको छ । सञ्चालनबाट भएको आम्दानी यस वर्ष घटेकाले सञ्चालन नाफा समेत घट्न पुगेको हो । गत वर्ष ९ अर्ब २० करोड रुपैयाँभन्दा बढी सञ्चालनबाट आम्दानी भएकोमा यस वर्ष २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी यो आम्दानी भएको हो ।
हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ छ भने अदर इक्वीटी ५ अर्ब ४३ करोड २४ लाख रुपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा सापटी ३ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको अल्कालिन कर्जा सापटी १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी रहेको छ ।