शीर्षकहरू

थारु कल्याणकारी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने

थारु कल्याणकारी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन भैरहवामा हुने

भैरहवा । थारु कल्याणकारी सभाको २३ औँ राष्ट्रिय महाधिवेशन रुपन्देहीमा हुने भएको छ । आगामी मंसिर १ गतेदेखि ३ गतेसम्म रुपन्देहीको भैरहवामा महाधिवेशन हुन लागेको हो । २००५ सालमा स्थापना थारु कल्याणकारी सभाले थारुहरुको हकहित र अधिकारका क्षेत्रमा काम गर्दै आएको छ ।

थारुहरुले राष्ट्रिय राजनीतिमा अवसर नपाएको बताउँदै सामाजिक चिन्तन भएको थारु कल्याणकारी सभाका कार्यवाहक अध्यक्ष देवीप्रसाद चौधरीले बताए । उनले थारुहरु एकताको प्रदर्शन गर्ने र थारुहरु अन्यायमा परेकाले अधिकारको लडाइ निरन्तर लडिरहने बताए ।

थारुहरुको हकहितका लागि सर्वोच्च अदालतले फैसला गर्दा समेत राज्यले ऐन बनाउन नसकेको टिप्पणी महामन्त्री प्रेमीलाल चौधरीले बताए । थारु कल्याणकारी सभामा केन्द्रीय पदाधिकारी तथा सदस्य, थरुहट तराईको पश्चिम जिल्ला कन्चनपुर देखि पूर्व झापा, कास्की, काठमाडौं उपत्यका सहित २६ जिल्ला र प्रवासका ६ शाखा, विभिन्न सभा गरी ३ सय जना केन्द्रिय प्रनिधिनीको सहभागीता रहने आयोजकले जनाएका छन् ।