शीर्षकहरू

रवि लामिछानेलाई बुटवलबाट पोखरा फर्काइयो

रवि लामिछानेलाई बुटवलबाट पोखरा फर्काइयो

काठमाडौँ ।  सहकारीको रकम ठगी अभियोगमा हिरासतमा राखेर अनुसन्धान जारी रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बुटवलबाट पोखरा फर्काइएको छ । उनलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट यती एयरको विमानमार्फत पोखरा लगिएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा  अपचलन गरेको आरोपमा कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका उनलाई सोही रात कास्की लगिएको थियो । बुटवलको सूर्यदर्शन सहकारीको रकम अपचलनको आरोपमा अनुसन्धानका लागि गत मंगलबार बुटवल लगिएकोमा हिजै उनको बयान सकिएको थियो । बयानपश्चात् हिजै पोखरा फर्काउने तयारी गरिए पनि आज मात्रै उनलाई पोखरा लगिएको हो ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई गत आइतबार चौथोपटक म्याद थपका लागि अदालत उपस्थित गराइएकोमा अदालतले म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।