शीर्षकहरू

नेपाल टेलिकमको नाफा यस वर्ष १४ प्रतिशत घट्यो

नेपाल टेलिकमको नाफा यस वर्ष १४ प्रतिशत घट्यो

काठमाडौं । नेपाल टेलिकमको नाफा चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गत वर्षको सोही अवधिसम्मको तुलनामा १४ दशमलव २० प्रतिशत कम खुद नाफा गरेको छ ।

गत वर्ष २ अर्ब २ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ७३ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको हो ।

कुल आम्दानी यस वर्ष ५ दशमलव ४९ प्रतिशत कम भएको छ । गत वर्ष १० अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष १० अर्ब ६ करोड रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १८ अर्ब रुपैयाँ छ भने जगेडा कोष रकम भने ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँभन्दा बढी कायम छ ।

वार्षिक प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ६६ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५३५ रुपैयाँ ९ पैसा छ ।