काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म २३ करोड ७४ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्म २२ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष ७ दशमलव ३८ प्रतिशत बढी खुद नाफा गरेको हो ।
यस वर्ष कमपनीको सञ्चालन नाफा भने ७ दशमलव ४६ प्रतिशत बढी भएको छ । पहिलो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ९० करोड ११ लाख रुपैयाँभन्दा बढी रहेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९७ करोड ७१ लाख रुपैयाँभन्दा बढी रहेको छ भने शेयर प्रिमियम रकम भने ४ करोड ९ लाख रुपैयाँभन्दा बढी भएको छ । रिटर्न अर्निग भने १ अर्ब ९० करोड रुपैयाँभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रकम भने २ अर्ब ७३ करोड १८ लाख रुपैयाँभन्दा बढी रहेको छ ।
पहिलो त्रैमाससम्म ३४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले ३६ अर्ब ४८ करोड ७४ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको छ । निष्क्रिय कर्जा गत वर्ष २ दशमलव २८ प्रतिशत रहेको थियो भने यस वर्ष २ दशमलव ८९ प्रतिशत कायम भएको हो । प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ९१ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने २५६ रुपैयाँ ९९ पैसा रहेको छ ।