शीर्षकहरू

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा २३ प्रतिशतले वृद्धि

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा २३ प्रतिशतले वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफामा उल्लेख्य वृद्धि गरेको छ । कम्पनी पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैयाँ नाफा कमाएकाृे छ । यस्तो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ३४ लाख ९० हजार रुपैयाँ मात्र कमाएको थियो। गत वर्षको तुलनामा कम्पनीको नाफा  नाफा २३ प्रतिशतले बढेको हो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ छ । भने कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ४४ करोड रुपैयाँ रहेको छ । महाविपत्ती कोषमा ५ करोड ८७ लाख रहेको छ । रिटेन्ड अर्निङमा ८७ करोड २१ लाख रहेको छ । अन्य इक्विटीमा २६ करोड ९ लाख रहेको छ । 

कम्पनीले यो पहिलो त्रैमासमा ७५ करोड ४९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५४ करोड ७ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क संकलन बढेको हो ।