काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नाफामा ६.२४ प्रतिशतले बढाएको छ । कम्पनीले चालू आवको त्रैमाससम्ममा १३ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको गत आवको सोही अवधिमा १३ करोड २ लाख रुपैयाँ नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तो शुल्क गत आवमा ४ अर्ब १९ करोड रुपैयाँ थियो । कम्पनीको जीवन बीमा कोषमा ८१ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ छ । यो गतको आवको तुलनामा ४.९९ प्रतिशतले बढेको हो । कम्पनीले लगानी तथा कर्जा लगानीबाट प्राप्त आम्दानी ११.२८ प्रतिशतले वृद्धि भएको छ ।
५ अर्ब २ करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ६१ करोड ३७ लाख रुपैयाँ सञ्चित रहेको छ भने कम्पनीमा हाल कायम बीमा पोलिसी संख्या १५ लाख ८८ हजार १८८ वटा छन् ।