काठमाडौं । शिखर इन्स्योरेन्सको नाफा तुलनामा २.५१ प्रतिशतले बढेको वित्तीय विवरण आज प्रकाशन गरेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ११ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ११ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क १.५७ प्रतिशत र खुद दाबी भुक्तानी ०.५४ प्रतिशत बढे बढेको छ । भने कुल आम्दानी १.८८ प्रतिशत र कुल खर्च ३.१७ प्रतिशतले घटेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी ४३ पैसा बढेर १७ रुपैयाँ ३६ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४९.८२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ६२ पैसा रहेको छ।