एजेन्सी । होजोन अटोको नेटा ब्रान्डको चीन स्थिति झेजियाङ कारखानाबाट उत्पादन बन्द गरेको विदेशी सञ्चारमाध्यमहरुमा समाचार आएका छन् । उत्पादन रोकेपछि त्यहा कार्यरत कर्मचारीको तलब सुविधामा व्यापक कटौति गरिएको छ । ब्रान्डका सीईओ झाङ योङले नेता ब्राण्डका उत्पादनको भिडियो टिकटक र आफ्नो ब्लग अपडेट गर्न बन्द गरेका छन् ।
यद्यपि, अपमार्केटमा जान नेटाका लागि एकदमै गाह्रो देखिएको छ । चीनमा यसको बिक्री मात्रा लगातार घट्दै गयो । जनवरी देखि सेप्टेम्बर २०२४ सम्म, नेटाले ५३,८५३ इकाइहरू घरेलू बजार डेलिभर गर्यो । जुन यसको वार्षिक बिक्री लक्ष्यको ३० प्रतिशतभन्दा कम हो ।
नेटाको मुख्य कम्पनी होजोन अटोको खुद घाटा २०२१ देखि २०२३ सम्म चीनमा वर्षेनी बढ्दै गएको छ । जसमा ४.८४ बिलियन (युआन ९६७६ मिलियन अमेरिकी डलर), ६.६७ बिलियन युआन (९९३० मिलियन अमेरिकी डलर), र ६.८७ बिलियन युआन (९९६० मिलियन अमेरिकी डलर) नोक्सान भएको छ ।