शीर्षकहरू

रविको बयान सकियो, आजै पोखरा फर्काउने तयारी

रविको बयान सकियो, आजै पोखरा फर्काउने तयारी

काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि बुटवल लगिएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आजै पोखरा फर्काउने तयारी गरिएको छ । गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ गरी पोखरा पुर्‍याइएका उनलाई बयानका लागि गत मंगलबार बुटवल लगिएको थियो ।

तीन दिनको नियमित बयानपछि उनलाई आज पोखरा फर्काउने तयारी प्रहरीले गरेको छ । बयान सकिएमा हिजै पोखरा फर्काउने तयारी गरिए पनि बयान लम्बिएको थियो ।

कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई गत आइतबार चौथोपटक म्याद थपका लागि अदालत उपस्थित गराइएकोमा अदालतले म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।