शीर्षकहरू

तस्वीरमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

तस्वीरमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

काठमाडौं । इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ ।

नेपाल विद्युत् व्यवसायी महासंघले ‘फिन इलेक्ट्रो टेक २०२४’ नाम दिएर बिहीबारदेखि शुरु गरेको प्रदर्शनी आगामी मंसिर २ गतेसम्म चल्नेछ । प्रदर्शनीले विद्युत् तथा विद्युतीय सामग्रीहरूको व्यवसाय विकास एवम् यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारको सहजीकरण एवम् प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी गरिएको महासंघले जनाएको छ ।

राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवम् सूचना प्रविधि तथा विद्युतीय एवम् वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नाका साथै यी उद्योगमा भएका नवीनतम उपलब्धीहरूबारे सूचना आदान–प्रदान गर्ने तथा उपभोक्ता वर्गमा ऊर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्‍याउने लक्ष्य यो प्रदर्शनीले राखेको छ । प्रदर्शनी अवधिभर उद्योगी, व्यवसायी एवम् उद्यमीहरू माझ अनुकुल व्यावसायिक वातावरणको सम्भावनालाई प्रस्तुत गर्नाका साथै उपझोक्ता हकहितसम्बन्धी जनचेतनामूलक कार्यत्रमहरू गरिने पनि अध्यक्ष देवकोटाले जानकारी दिए । ‘फिन इलेक्ट्रो टेक २०२४’ को हलभित्र ४४ वटा ब्लक, २८ वटा स्टल रहेको एक प्याभिलिएन रहेको छ र हल बाहिर डोममा २६ वटा स्टलहरू रहेका छन । यस पटक फिन इलेक्ट्रो टेक २०२४ मा भारत सरकारको सहयोगमा इन्डियन चेम्बर अफ कमर्सले हल भित्रको २८ वटा स्टल रहेको प्याभिलिएनमा इन्डिया पावर शोका लागि इन्डियन उद्योगी एवम् व्यवसायीहरूले बुकिङ्ग गरेका छन् । फिन इलेक्ट्रो टेक २०२४ मा हलभित्र र हल बाहिर गरी जम्मा ९८ वटा प्याभिलियन तथा स्टलहरू रहेका छन् । जसमा नेपाली उत्पादनलगायत बहुर्राष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामग्री, वायर, केबुल एवम् कन्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरू, एलईडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी गरिनेछ ।

प्रदर्शनीमा स्वदेशी उत्पादन लगायत भारत, चीन, जापान, ताइवान, फ्रान्स, स्पेन, मलेसिया, जर्मनी, इटाली, अष्ट्रेलिया आदिका विभिन्न इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्ससम्बन्धी उत्पादनहरू प्रदर्शन गरिने छ । यस्तै, ट्रान्सवेल्ड, प्रिमियर, अर्किड, जानकी, सी एण्ड एस, लिशा, टिन्ज, स्विफ्ट गोल्ड, केईआई, जनता, एचपीएल, फिलिप्स, हेभल्स, सिमेन्स, उषा, एंकर, ओरियन्ट, चिन्ट, हिमस्टार, अल्मिक, लिब्राइट, एरिगोल्ड, इण्डोटेक, गोल्डम्यान लगाएतका स्वदेशी तथा विदेशी ब्राण्डहरूको सशक्त सहभागिता यो प्रदर्शनीमा रहने छ ।

चार दिनसम्म चल्ने प्रर्दशनीमा ५० हजार भन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने विश्वास आयोजकले लिएको छ ।

nullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnullnull