शीर्षकहरू

विद्युत बिक्री आम्दानी घटेसँगै घट्यो सानिमा माई हाइड्रोपावरको नाफा

विद्युत बिक्री आम्दानी घटेसँगै घट्यो सानिमा माई हाइड्रोपावरको नाफा

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले चालू आवको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा २० प्रतिशत घटेको छ  ।

गत आवमा कम्पनीले रू. २५ करोड २८ लाख नाफा कमाएकोमा चालू आवमा रू. २० करोड २० लाखमा सिमित भएको छ । चालू आवमा कम्पनीको विद्युत बिक्री आम्दानी घटेकाले नाफा प्रभावित भएको हो । गत आवको पहिलो त्रैमासमा कम्पनीले विद्युत बिक्री बापत रू. ३२ करोड ९८ लाख आम्दानी गरेकोमा चालू आवको सोही अवधिमा रू. २६ करोड १२ लाखमा झरेको छ ।

नाफाघटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १८ पैसा रहेकोमा चालू आवको सोही अवधिमा ५ रुपैयाँ ९४ पैसामा सिमित भएको छ । त्यस्तै कम्पनीको प्रतशिेयर नेटवर्थ १ सय ८४ रुपैयाँ ३ पैसा रहेको छ । 

चुक्ता पूँजी रू. ३ अर्ब ३९ करोड रहेको कम्पनीले रिटेन्ड अर्निङमा रू. १ अर्ब २९ करोड र जगेडा कोषमा रू. १ अर्ब ५५ करोड भन्दा बढी सञ्चिती गरेको छ ।