शीर्षकहरू

धनराज गरुङसँग सीआइबीले बयान लियो

धनराज गरुङसँग सीआइबीले बयान लियो

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति धनराज गरुङलाई ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा प्रहरीले आज बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म गुरुङसँग सोधपुछ गरेको हो । 

 बचतकर्ताको रकम अपचलन गरेको विषयमा प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेरपछि छानबिन गर्न गठित संसदीय समितिले पनि उनकी श्रीमति ज्योति गुरुङसमेतलाई  शीघ्र कानुनी कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागेपछि फेरि सीआईबीले उनलाई बयानका लागि लाजिम्पाटस्थित कार्यालयमा बोलाएका थिए ।