शीर्षकहरू

एक भए दुई ब्रोकर एसोसिएसन, चार बुँदे सहमति

एक भए दुई ब्रोकर एसोसिएसन, चार बुँदे सहमति

काठमाडौं । दुई ब्रोकर एसोसिएसन कात्तिक २८ गतेदेखि एक भएका छन् । स्टक ब्रोकर एसोसिएसन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालबीच एक हुने सम्झौता पत्रमा बुधवार हस्ताक्षर भएको हो । यी दुई एसोसिएसनले कात्तिक २८ गते एक कार्यक्रमको आयोजना गर्दै एक हुने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । उक्त सम्झौता पत्रमा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र र धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालका अध्यक्ष सागर ढकालले हस्ताक्षर गरेका छन् । 

३१ वर्षको लामो ईतिहास बोको स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई सम्पूर्ण धितोपत्र व्यवसायी धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुको साझा व्यवसायिक संघको रुपमा अघि बढाउने सम्झौता यी दुई एसोसिएसनबीच भएको छ । 

धितोपत्र ब्रोकर्स एसोसिएसन नेपालमा सदस्य रहेका सबै धितोपत्र दलाल व्यवसायीलाई स्टक ब्रोकर एसोसिएसन अफ नेपालले एक मुष्ट रुपमा सदस्यता दिने, धितोपत्र ब्रोकर्स एसोसिएसन नेपाललाई संस्थागत सामाजिक उत्तरदायित्व र लगानीकर्ता शिक्षा तथा सचेतना अन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने अंकको रुपमा अगाडी बढाउनुका साथै दुबै एसोसिएसनमा हाल सदस्य नभएका धितोपत्र व्यवसायीहरुलाई स्टक ब्रोकर्स एशोसिएसन अफ नेपालको सदस्यता लिन आव्हान तथा सहजीकरण गरिने बुँदा पनि सम्झौता पत्रमा उल्लेख छ ।