काठमाडौं । हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण सभा मिति २०८१ साल कार्तिक २८ गते बुधबारको दिन क्यापिटलको केन्द्रीय कार्यालय बागमती प्रदेश, कमलादी–२८, काठमाडौँ (आइ.टि प्लाजा)मा सम्पन्न भएको छ । सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश सभाले पारित गरेको छ । साधारण सभामा संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको छ ।
हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु ग्राहकहरुलाई प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।