शीर्षकहरू

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द

ज्वालामुखी विस्फोटपछि बालीतर्फ जाने उडान रद्द

एजेन्सी । एन्डोनेसियाको लेवोटोबी ज्वालामुखी विस्पोटपछि अस्ट्रेलिया, हङकङ, भारत, मलेसिया र सिङ्गापुरलगाएतका एयरलाइन्सहरूले बुधबार इन्डोनेसियाको रिसोर्ट टापु बाली जाने उडानहरू रद्द गरेका छन् ।

ज्वालामुखीले विमानस्थल नजिकैको आकाशको केही किलोमिटर टाढादेखि खरानीले टावरलाई ढाकेपछि उडानहरू रद्द गरिएको एयरलाइन्सहरूले जनाएका छन् ।

अष्ट्रेलियाको जेटस्टार, क्वान्टास र भर्जिन अष्ट्रेलियाले फ्लोरेस टापुको माउन्ट लेवोटोबी लाकी–लाकीले एक दिन अघि सबै उडानहरू रद्द गरेका थिए ।

मलेसिया एयरलाइन्स, एयरएशिया, भारतीय इन्डिगो र सिङ्गापुरको स्कुट एयरलाइन्सले पनि बुधबार उडानहरू रद्द गरेको एएफपीलाई प्राप्त सूचनामा उल्लेख छ ।