शीर्षकहरू

कुरा २८ उद्योगको होइन, वर्षमा हजार रुपैयाँ पनि बिल तिर्न नसक्नेसहित २ लाख लाइन काटिन्छ : कुलमान

कुरा २८ उद्योगको होइन, वर्षमा हजार रुपैयाँ पनि बिल तिर्न नसक्नेसहित २ लाख लाइन काटिन्छ : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले वर्षमा २ लाख उपभोक्ताको बिजुलीको लाइन काट्ने गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनले अहिले सरकारकै कारण उद्योगको महशुल उठाउन खोज्दा रोकिएपछि यसले महशुल उठाउन अझै थप समस्या हुने बताए ।

सरकारको निर्देशनअनुसार लाइन काटिएका २८ वटा उद्योगको लाइन जोड्ने गरी मन्त्रिरपरिषद्को निर्णय र बोर्डको निर्णय कार्यान्वयन गर्ने चरणमा रहेको बताउँदै उनले कुरा २८ उद्योगको मात्र नभएको बताए ।  '२८ उद्योग मात्र होइन । प्राधिकरणसँग जोडिएका धेरै उद्योग छन् । प्राधिकरणको आर्थिक वित्तीय अवस्थालाई ठूलो धक्का पुर्‍याउँछ यसले । ८ अर्ब र २२ अर्ब भन्दा पनि ठूला उद्योगको बक्यौता उठाउन नसक्ने । ठूलो उद्योगमा जोड्दै जाने गर्दा हजार रुपैयाँ तिर्न नसक्नेको लाइन काट्ने भन्ने आरोप लागेको छ । हामी वर्षमा वर्षमा २ लाख लाइन काट्छौँ । कर्मचारीलाई पिटेको अवस्था छ अहिले लाइन काट्न जाँदा ।'

उनले लोडसेडिङको समयमा उद्योगीले विशेष सुविधामार्फत् प्रयोग गरेको बिजुलीको बक्यौता उठाउने पनि दाबी गरे । आफू विचलित नभइ बक्यौता उठाइछाड्ने उनले बताए ।