काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले आज ५० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले निरन्तर तरलता तानिरहेको छ । बुधबार ५० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
त्यस्तै, कात्तिक २१ गते एक खर्ब रुपैयाँ र कात्तिक २५ गते पनि ५० अर्ब रुपैयाँ तरलता खिचेको थियो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आज दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् ।