काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेड १ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा गएको छ ।
गत वर्ष यस अवधिसम्म ७३ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कम्पनीको नोक्सानी यस वर्ष भने बढेको हो । आयोजना निर्माणकै क्रममा रहेको व्यवस्थापकिय खर्च बढ्दा नोक्सानी बढेको हो । गत वर्ष ९४ लाख ७० हजार रुपैयाँभन्दा बढी व्यवस्थापकिय खर्च गरेको कम्पनीले यस वर्ष १ करोड २४ लाख रुपैयाँभन्दा बढी यो खर्च गरेको हो ।
हाल कम्पनीको चुक्तापूँँजी ६ अर्ब रुपैयाँ रहेको छ भने रिटर्न अर्निग भने ४२ करोड ५९ लाख रुपैयाँभन्दा बढी रहको छ । दिर्घकालिन कर्जा १४ अर्ब ३२ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक ७८ पैसा प्रतिशेयर नोक्सानीमा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ ९० पैसा छ ।