शीर्षकहरू

मल्टीपर्पज फाइनान्सको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

मल्टीपर्पज फाइनान्सको ८ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । मल्टीपर्पज फाइनान्स लिमिटेडले ८ हजार ५४९ कित्ता संस्थापक शेयर कात्तिक २८ गतेदेखि विक्रीमा ल्याएको छ ।

कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी यी शेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय जनकपुरधाममा आवेदन पेश गर्नुपर्नेछ ।

तोकिएको अवधिमा विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी समेत कम्पनीले दिएको छ ।