शीर्षकहरू

प्राइम कमर्सियल बैंकले मंसिर १९ गते बोलायो साधारण सभा, लाभांश पारित हुने

प्राइम कमर्सियल बैंकले मंसिर १९ गते बोलायो साधारण सभा, लाभांश पारित हुने

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले मंसिर १९ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ ।

कात्तिक २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरुलाई स्वीकृति प्रदान गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।

गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीका आधारमा कर समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई समेत सभाले अन्तिम स्वीकृति प्रदान गर्नेछ । सञ्चालकको भत्ता तथा सुविधामा थप हेरफेर गर्ने प्रस्ताव गरेको कम्पनीले सोही बमोजिम नियमावली संशोधन गर्ने प्रस्ताब समेत सभाका लागि तय गरको छ ।

साथै अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जान आवश्यक देखिएमा त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ९ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा मंसिर ८ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।