एजेन्सी । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा जनवरी २०, २०२५ मा सपथ लिनेछन्। योसँगै ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनेछ । यद्यपि ट्रम्प २.० मा भारतीय रुपैयाँ कमजोर हुन सक्छ। भर्खरै स्टेट बैंक अफ इन्डिया (एसबीआइ) बाट एक रिपोर्ट आएको छ। यस प्रतिवेदनमा ट्रम्पको पुनः सत्तारोहणले भारत र विश्वको अर्थतन्त्रमा पार्ने असरबारे अनुमान गरिएको छ । रिपोर्टमा ट्रम्प २.० अन्तर्गत रुपैयाँ ८ देखि १० प्रतिशतले घट्न सक्ने आशंका गरिएको छ ।
एसबीआईको रिपोर्टमा ट्रम्प २.० मा एक डलरको तुलनामा रुपैयाँको भाउ घट्न सक्ने अनुमान गरिएको छ। तर, केही समयपछि रुपैयाँ बलियो हुने अपेक्षा पनि व्यक्त गरिएको छ ।
ट्रम्पको पहिलो कार्यकालमा रुपया ११ प्रतिशतले कमजोर भएको प्रतिवेदनले जनाएको छ । अब दोस्रो कार्यकालमा रुपैयाँ ८ देखि १० प्रतिशतले कमजोर हुने अनुमान गरिएको छ । एसबीआईको प्रतिवेदनमा ओबामाको दोस्रो कार्यकाल अर्थात २०१२ देखि २०१६ सम्म करिब २९ प्रतिशतले भारु कमजोर भएको उल्लेख गरिएको छ। ट्रम्पको पहिलो कार्यकालमा ११ प्रतिशतले गिरावट आएको थियो।
बाइडेन सरकारको कार्यकालमा रुपैया अहिलेसम्म १४.५ प्रतिशतले कमजोर भएको छ । त्यस्तै, दोस्रो कार्यकालमा यो १० प्रतिशतले कमजोर हुन सक्छ। प्रतिवेदनका अनुसार बाइडेन सरकारको समयमा एक डलरको औसत मूल्य ७९.३ रुपैयाँ थियो । अहिले एक डलरको मूल्य ८४ रुपैयाँभन्दा बढी छ ।
ट्रम्पको पहिलो कार्यकालमा औसत विनिमय दर ६९.२ रुपैयाँ थियो। दोस्रो अवधिमा ८७ देखि ९२ रुपैयाँसम्म पुग्न सक्ने अनुमान गरिएको छ । कुनै पनि मुद्राको मूल्य डलरको तुलनामा घट्यो भने त्यसलाई मुद्रा कमजोर हुनु भनिन्छ। अंग्रेजीमा यसलाई ‘करन्सी डेप्रिसिएशन’ भनिन्छ। रुपैयाको मूल्य कसरी बढ्छ र घट्छ भन्ने सम्पूर्ण खेल अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित छ।
के हुन्छ भने हरेक देशमा विदेशी मुद्रा सञ्चिति हुन्छ । विश्वमा अमेरिकी डलरको एकपक्षीय शासन भएकाले विदेशी मुद्रा सञ्चितिमा अमेरिकी डलर बढी छ । विश्वको ८५ प्रतिशत व्यापार डलरमा मात्र हुन्छ । तेल पनि डलरमा मात्रै किनिन्छ ।
डलरको तुलनामा रुपैयालाई बलियो राख्नको लागि विदेशी मुद्रा सञ्चितिमा डलर राख्नु अत्यन्त जरुरी छ । आरबीआईका अनुसार, नोभेम्बर ज्ञ, द्दण्द्दद्ध सम्म, भारतको विदेशी मुद्रा भण्डार ४ छडढ।डद्ध बिलियन थियो।
भारतको विदेशी मुद्रा सञ्चितिमा जति अमेरिकी डलर छ, त्यति नै अमेरिकी मुद्रा सञ्चितिमा छ भने रुपैयाँको मूल्य स्थिर रहनेछ । डलर घट्यो भने रुपैयाँ कमजोर हुन्छ र डलर बढ्यो भने रुपैयाँ बलियो हुन्छ ।