काठमाडौं । दुई जलविद्युत कम्पनीले प्रस्ताव गरेका लाभांश कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका छन् ।
मन्दाकिनी हाइड्रोपावर विन्ध्यबासीनी हाइड्रोपावरले प्रस्ताव गरेको लाभांश कात्तिक २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउने भएका हुन । यी दुई कम्पनीले प्रस्तावित लाभांश पारितका लागि वार्षिक साधारण सभा समेत आह्वान गरिसकेका छन् । मन्दाकिनी हाइड्रोपावरले मंसिर ७ गते र विन्ध्यबासीनी हाइड्रोपावरले मंसिर ६ गते वार्षिक साधारण सभा बोलाएका हुन । सो सभा प्रयोजनका लागि दुबै कम्पनीले कात्तिक २८ गते एक दिन बुक क्लोज गर्दैछन् ।
यस वर्ष ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । मन्दाकिनी हाइड्रोपावरले भने ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । मन्दाकिनी हाइड्रोपावरले भने १२५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ ।