शीर्षकहरू

सिंगटी हाइड्रोले विद्युत विक्रीबाट गार्यो २६ करोडभन्दा बढी आम्दानी

सिंगटी हाइड्रोले विद्युत विक्रीबाट गार्यो २६ करोडभन्दा बढी आम्दानी

काठमाडौं । सिंगटी हाइड्रो ईनर्जी लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म विद्युत विक्रीबाट २६ करोड ३५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीको विद्युत विक्री आम्दानी शून्य दशमलव २८ प्रतिशत घटेको हो ।

 गत वर्ष यस अवधिसम्म कम्पनीले विद्युत विक्रीबाट २६ करोड ४३ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको थियो । पहिलो त्रैमाससम्म कम्पनीको खुद नाफा भने ११ करोड २५ लाख रुपैयाँभन्दा बढी रहेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ११३ दशमलव शून्य ५ प्रतिशत बढेको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले ५ करोड २८ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष कम्पनीको कुल आम्दानी शून्य दशमलव ८१ प्रतिशत बढी भएको छ भने कुल खर्च २८ दशमलव शून्य ४ प्रतिशत घटेको छ । यस वर्ष कम्पनीले २६ करोड ५ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेको छ भने १४ करोड ७९ लाख रुपैयाँभन्दा बढी कुल खर्च गरेको छ । हाल कम्पनीको चुक्तापूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने जगेडा कोष रकम ६ करोड ४० लाख रुपैयाँभन्दा बढी रहेको छ । दिर्घकालिन कर्जा ३ अर्ब ५६ करोड २८ लाख रुपैयाँभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ भने १०२ रुपैयाँ २१ पैसा रहेको छ ।