काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स गत आवको तुलनामा २५.७० प्रतिशतले नाफा बढाएको छ । अवधिमा कम्पनीले १२ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १० करोड रुपैयाँ थियो ।
कम्पनीले १ अर्ब १७ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस्तो शुल्क अघिल्लो आवमा १ अर्ब १२ करोड ५८ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १ अर्ब ४१ करोड रुपैयाँबाट बढेर १ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।
चालू आवको पहिलो त्रैमासमा कम्पनीको कुल खर्च १ अर्ब ४५ करोड रुपैयाँ छ । गत आवमा यस्तो खर्च १ अर्ब ३१ करोड रुपैयाँ थियो । ४ अर्ब ७२ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ६२ करोड २५ लाख रुपैयाँ रहेको छ ।