शीर्षकहरू

गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास

गोविन्दपुर हुँदै हस्वा जाने सडक शिलन्यास
सांकेतिक तस्वीर

वीरगन्ज । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गोविन्दपुर हुँदै हास्वा जोड्ने सडकको शिलन्यास गरेका छन् । 

संघीय सरकारको लगानीमा निर्माण हुने यो सडक १२३६ मिटर लम्बाइको छ । मन्त्री गुप्ताले पोखरीया आउन तिवाले पुल हुँदै बिन्दबासिनी टेक्नु नपर्ने बताउँदै रणनीतिक रुपमा पनि यो सडक स्थानिय बासीका लागि महत्वपूर्ण रहेको उल्लेख गरे ।

महत्वपूर्ण र अति आवश्यक योजना मात्र माग गर्न आग्रह गर्दै उनले धेरै मागेर योजना अपुरो छोड्नु भन्दा थोरै माग गरेर पूर्ण गर्नुपर्नेमा जोड दिए । उनले भने, 'धेरै भारि बोके बिचैमा छोड्नु पर्ने हुन्छ । त्यसैले विकासका आयोजना थोरै आवश्यकता र महत्व हेरेर माग गर्नुपर्ने हुन्छ ।' विगतमा आयोजना शिलान्यास भएर सम्पन्न नभएका धेरै घटनाहरू रहेको सङ्केत गर्दै सोही कारण तीनै तहका सरकार प्रति नागरिकको नैराश्यता बढेको उनको भनाइ छ । 

मन्त्री गुप्ताले नागरिक आफ्नो कुलदेवताको मूर्तिदेखि सामूदायिक भवन पनि सरकारले बनाइ दियोस् भन्ने आकांक्षामा छन् । सबै कुरा सरकारले गर्छ, हामीले केही गर्नु पर्दैन भन्ने सोचमा नरहन उनले आग्रह गरे । 

९३ लाखमा निर्माण सम्पन्न हुने यो सडक मनिष कन्ट्रक्सनले सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गर्नुपर्नेछ । पोखरीया नगरपालिकाका नगर प्रमुख प्रधुमण चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा नगर उपप्रमुख रवि ठाकुर लगायत वडा अध्यक्षहरुले मन्तब्य राखेका थिए ।
 

पोखरीया अस्पताल छिटै प्रादेशिक अस्पताल हुने 
यसैगरी उनले पर्साको पोखरीया नगरपालिकामा रहेको पोखरीया अस्पताल केही दिन मै प्रादेशिक अस्पताल हुने बताएका छन् ।

सडक शिलन्यास कार्यक्रममा बोल्दै मन्त्री गुप्ताले आउँदो मन्त्रीपरिषदको बैठकबाट पोखरीया अस्पतालको स्तरउन्नती गरी प्रादेशिक अस्पतालमा परिणत गरिने जानकारी दिए । पर्साको दोस्रो सदरमुकामको रूपमा रहेको पोखरीया नगरपालिकाको विकासको लागि आफू हरपल तयार रहेको बताउँदै उनले पोखरीया विभिन्न सरकारी निकायको शाखा कार्यालय सुचारु गराउन आफू लागेको भनाइ राखेका थिए ।