शीर्षकहरू

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा ८ प्रतिशत लाभांश  प्रस्ताव

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकद्वारा ८ प्रतिशत लाभांश  प्रस्ताव

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट कुल ८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कात्तिक २३ गते अपरान्ह ४ः३० बजे बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी ४ अर्ब ७३ करोड ३६ लाख ९५ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफा ४१ करोड ७३ लाख ५१ हजार रुपैयाँ रहेको जानकारी समेत कम्पनीले दिएको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ । कम्पनीले गत वर्षको भन्दा यस वर्ष कम लाभांश वितरण गर्न लागेको हो ।

गत वर्ष कम्पनीले १० दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।