शीर्षकहरू

सीजी मोटर्सले अर्को नयाँ विद्युतीय  गाडी भित्र्यायो

सीजी मोटर्सले अर्को नयाँ विद्युतीय  गाडी भित्र्यायो

काठमाडौं । चौधरी समूह (सीजी) मोटर्सले अर्को नयाँ विद्युतीय (ईभी) ब्राण्ड नेपालमा भित्र्यो छ । समूहले थापाथलीमा शनिबार एक्सपेङ्ग ब्राण्डको शोरुम सञ्चालन गर्दै उक्त ब्राण्डको नयाँ मोडल जीसिक्स इलेक्ट्रिभ एसयूभी सार्वजनिक गरेको छ । 

चीनबाट आएका एक्सपेङ्ग कम्पनीका प्रतिनिधि, चिनियाँ दूतावासका प्रतिनिधि, चौधरी समूहका प्रवन्ध निर्देशक निर्वाण चौधरीले नयाँ मोडलको सार्वजनिक गरेका हुन् । कार्यक्रममा एक्सपेङ्ग मोटर्सका उपाध्यक्ष डा। ब्रायन गुले ब्राण्ड र नयाँ मोडलबारे जानकारी दिएका थिए । 

चौधरी समूहका प्रवन्ध निर्देशक चौधरीले अहिले १० वटा गाडि बिक्री हुँदा ७–८ वटा ईभी बिक्री हुने गरेको बताउँदै अहिलेको परिस्थिति र मागअनुसार चौधरी समूहले अटोमोवाइल क्षेत्रमा लगानी गरेको बताए । 

एक्सपेङ्गले अत्याधुनिक एआई सयुक्त गाडीहरु विश्वभर ल्याइरहेको बताउँदै एक्सपेङ्ग मोटर्सले यो अहिले विश्वका ३० भन्दा धेरै देशमा उपस्थित भइरहेको, एक पटक फुल चार्ज गर्दा ४३५ किलोमिटरको रेन्ज दिनेछ । यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी फोल्क्सवागन ग्रुपले एक्सपेङ्गको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको पनि जनाइएको छ । 

पहिलो चरणमा सीजी मोटर्सले ग्राहकलाई २५ वटा गाडीहरु पनि हस्तान्तरण गरेको जनाएको छ । जीसिक्सलाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीषण ई–एनक्यापमा पाँच स्टार रेटिङ प्राप्त गरेको पनि एक्सपेङ्ग मोटर्सले जनाएको छ । साथै, यसमा स्वचालित ड्राइभिङ प्रविधि, सेपा २.० ओटीए अपडेट, एक्सओएस अपरेटिङ सिस्टम र आठ सय भोल्ट सुपर फास्ट चार्जिङ प्रणाली समावेश छ । 

यसको मोटर पावर र टर्क क्रमसः १९० किलोवाट र ४४० एनएम रहेका छन् जसमा ६६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसले ४३५ किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । 

स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०–५० लोड रेसियो, एल्युमिनियम डाई–कास्ट बनावट्, र नाइन–डायमेन्सन ब्याट्री सुरक्षा समावेश छ भन्दै कम्पनीले जसले जीसिक्सलाई विशेष बनाउँछ भनेको छ । 

देशभरि २० भन्दा बढी बिक्री तथा सेवा केन्द्रहरूमार्फत उपलब्ध गराइरहेको जनाइएको एक्सपेङ्ग सीजी मोटर्सको ब्रान्ड पोर्टफोलियोमा सबैभन्दा नयाँ हो । सीजी मोटर्सले यस वर्षभित्रै ४० वटा स्थानसम्म सेवा केन्द्रहरु बढाउने र वर्तमानको २४४ भन्दा बढी स्थानहरूको डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्टहरू थप्ने लक्ष्य राखेको जनाएको छ ।