शीर्षकहरू

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

सर्वोच्चको न्यायाधीशमा पाण्डे र निरौला सर्वसम्मत अनुमोदित

काठमाडौं ।  सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आज विकास, आर्थिक मामिला तथा सुशासन समितिमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूको नाम सर्वसम्मत अनुमोदन गरेको हो ।

निरौला उच्च अदालत पाटन र पाण्डे उच्च अदालत तुलसीपुरका मूख्य न्यायाधीश हुन् ।

निरौला र पाण्डेलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।  यसअघि कात्तिक १४ गते सुनुवाइ गर्ने भनिए पनि अन्तिम समयमा स्थगन गरिएको थियो । त्यसपश्चात् सुनुवाइ समितिले गत असोज १५ गते सूचना प्रकाशन गरेर दुई प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गरेको थियो ।

पाण्डेविरुद्ध कुनै उजुरी नपरेकोमा निरौलाविरुद्ध भने २ उजुरी परेका थिए ।