काठमाडौं । सीईडीबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाम परिवर्तन गरेको छ । कम्पनीले वार्षिक साधारण सभाबाट कम्पनीको नाम परिवर्तन सम्बन्धी प्रस्ताव पारित भए बमोजिम सीईडीबी होल्डिङग्स लिमिटेड लिमिटेड कायम गरिएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक २० गते कम्पनीलाई नाम परिवर्तन गर्न स्वीकृति प्रदान गरेको हो । असोज २१ गते सम्पन्न वार्षिक साधारण सभाले कम्पनीको अधिकृत तथा जारी पूँजी बृद्धि गर्ने निर्णय गरे बमोजिमको पूँजी कायम गरेको जानकारी समेत कम्पनीले दिएको छ ।
साविक १ अर्ब ५० करोड रुपैयाँ रहेको अधिकृत पूँजी बृद्धि भई १ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । त्यस्तै साविक १ अर्ब २० करोड रुपैयाँ रहेको जारी पूाजी १ अर्ब ६० करोड रुपैयाँ कायम भएको छ । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ ।