शीर्षकहरू

पोखरामा १७ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय उडान

पोखरामा १७ महिनापछि दोस्रो अन्तर्राष्ट्रिय उडान

काठमाडौं । पोखरामा करिब १७ महिनापछि दोस्रोपटक अन्तर्राष्ट्रिय उडान भएको छ । बिहीबार १२० यात्रु बोकेर चीनको कुनमिङबाट आएको सिचुवान एयरलाइन्सले अवतरण गरेको हो ।

उक्त एयरलाइन्सले अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन आएका खेलाडीलाई बोकेर अवतरण गरेको हो । नेपालका लागि चिनियाँ राजदूत छेन सोनले नेपालमा चिनियाँ खेलाडीहरूलाई स्वागत गरेका छन् ।

null

यसअघि २०८० असार ६ गते पहिलोपटक चुवान एयरलाइन्सले पोखरामा उडान भरेको थियो । त्यसयता अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चिनियाँ आर्थिक र प्राविधिक सहायतामा बनेको हो । उक्त विमानस्थलबाट सोझै भारत उडान गर्ने तयारी गरिए पनि हालसम्म उडान सफल भएको छैन ।