शीर्षकहरू

नेपाल पुनर्बीमा कम्पनी ११ औ वर्षमा प्रवेश,  विश्वका १३ मुलुकबाट भित्र्यायो व्यवसाय

नेपाल पुनर्बीमा कम्पनी ११ औ वर्षमा प्रवेश,  विश्वका १३ मुलुकबाट भित्र्यायो व्यवसाय

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी स्थापनाको १० औं बर्ष पुरा गरी ११ औ वर्षमा प्रवेश गरेको छ । तत्कालिन समयमा नेपालमा बढ्दै गएको हुलदंगा आतंकवाद जोखिम बहन गर्नका लागि यस कम्पनीको स्थापना भएको हो । ११ सेप्टेम्बर २००१ मा संयुक्त राज्य अमेरिकामा भएको आतंककारी हमलाले अन्तर्राष्ट्रय पुर्नर्बीमा बजार आतंकित भएको थियो ।

विदेशी पुनर्बीमा कम्पनीले हुलदंगा आतंकवादको जोखिम बहन नगर्ने भएपछि नेपाल सरकारको ५१ प्रतिशत शेयर अंश र बाँकी ४९ प्रतिशत निर्जीवन बीमकहरुको स्वामित्व रहने गरी सार्वजनिक तथा निजी क्षेत्रको संयूक्त मोडेलमा साविक आकस्मिक बीमा कोष सन् २००३ मा स्थापना गरियो । सोही कोषलाई २०७१ साल कार्तिक २१ गते पुनर्बीमा कम्पनीमा परिणत गरिएको हो । 

बार्षिकउत्सवको अवसरमा कम्पनीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले नेपाल पुनर्बीमा कम्पनीले विश्वका १३ वटा मुलुकबाट पुनर्बीमा व्यवसाय भित्राउँदै आएको बताए । कम्पनीले भुटान, बंगलादेश, भियतनाम, फिलिपिन्स, माल्दिभ्स, मध्यपूर्वी एशिया तथा अफ्रिकाका विभिन्न मुलुकहरुबाट व्यवसाय भित्राउँदै आएको कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले बताए  । कम्पनीले भारतको नियमनकारी निकायबाट सन् २०१८ देखि अन्तर्राष्ट्रिय पुनर्बीमकको हैसियतमा दर्ता भई नविकरण हुदै आएको छ । कम्पनीले आर्जन गरेको कुल पुनर्बीमा शुल्कको करीब ८ प्रतिशत पुनर्बीमा शुल्क विदेशी व्यवसायबाट प्राप्त भएको  प्रमुख कार्यकारी अधिकृत थापाले बताए । 

कम्पनी गत आर्थिक वर्ष २०८०र८१ मा १२ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न गरेको थियो । ६ अर्व ९३ करोड दाबी भुक्तानी गरेको छ भने करीब १ अर्ब ५० करोड मुनाफा आर्जन गरेको छ ।

कुल चुक्ता पूँजी १३ अर्ब ४२ करोड २१ लाख ८७ हजार कायम भई कम्पनी रजिष्ट्रारको कार्यालयबाट अधावधिक समेत भइसकेको छ । आव २०७९र८० को तुलनामा आव २०८०र८१ मा ८।७३५ ले वृद्धि भई नेटवर्थ १९ अर्ब ९२ करोड पुगेको छ ।

आब २०८०र८१ मा भुक्तानी गरेको कूल व्यवसायीक कर रकम ४१ करोड २० लाख सहित स्थापना कालदेखि २०८० चैत्रसम्म कूल ३ अर्ब ८७ करोड रुपैयाँ दाखिला गरेको छ । यसैगरी चालु आवमा जीवन तथा निर्जीवन बीमकसंग प्रत्यक्ष हिस्सा, पुनर्बीमा ट्रिटी, ऐच्छिक पुनर्बीमा, पुल सञ्चालन लगायत कार्यबाट पुनर्बीमा सेवा दिदै आएका छौं ।

कम्पनीको रेटिङको कार्य अन्तिम चरणमा पुगेको प्रमुख कार्यकारी अधिकृत थापाले बताए । कम्पनीलाई अत्यावश्यक अन्तराष्ट्रियस्तरको सफट्वेयर आपूर्ति प्रक्रिया तथा भवन निर्माण कार्य थालनीका लागि कामनपाबाट भवन निर्माण अनुमति नविकरण प्रकृया अन्तिम चरणमा पुगेको समेत उनले बताए । चालु आवमा नै यो कार्यले  पूर्णता पाउने समेत उनले दाबी गरे । आगामी दिनमा कम्पनीले हाइड्रो बीमा पुल, हवाई बीमा पुल, महाविपत्ति पुल लगायतका संभाव्य पुलहरु सञ्चालन गर्ने पनि जनाएको छ ।