एजेन्सी । भारतको जम्मू कश्मीर विधानसभामा बिहीबार झडप भएको छ । संसदमा दलका विधायक र प्रतिपक्षबीच झडप भएको हो । धारा ३७० खारेजीको प्रस्तावलाई लिएर यो हंगामा भइरहेको छ ।
बारामुल्लाका लोकसभा सांसद इन्जिनियर राशिदका भाइ खुर्शीद अहमद शेखले सदनमा धारा ३७० को ब्यानर देखाएपछि पार्टी र विपक्षी विधायकहरूबीच झडप सुरु भएको बताइएको छ ।
सभामा विपक्षी दलका नेता सुनिल शर्माले ब्यानर देखाएर विरोध जनाएका छन् । त्यसपछि सदन केही समयका लागि स्थगित भएको छ ।भारतले सन् २०१९ को अगस्ट ५ मा जम्मू तथा कश्मीरले पाउँदै आएको स्वायत्तता अन्त्य गर्दै संविधानको धारा ३७० खारेज गरिदिएको थियो।