काठमाडौं । आज साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १.८८ अंक घटेर २६७५.५१ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स , फ्लोट इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स क्रमश : ०.८१ , ०.१६ र ०.२५ अंकले घटेको छ।
तर, कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा १ अर्ब २ करोडको हाराहारीमा बढेको छ। बुधवार ५ अर्ब २२ करोड २४ लाख रुपैयाँ बराबरको १ करोड १६ लाख कित्ता शेयर खरिदबिक्री भएको छ।
होटल तथा पर्यटन समूह ०.७५, बैंकिङ ०.१६, लगानी ०.३७, जीवन बीमा ०.१३, उत्पादन ०.२९, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.८७ र अन्य समूह सूचक ०.१४ प्रतिशतले गिरावट आयो । यसैगरी , म्युचुअल फन्ड १.०९, व्यापार ०.२९, हाइड्रोपावर ०.४६, फाइनान्स ०.७९ र विकास बैंक समूह ०.७३ प्रतिशतले वृद्धि भयो ।
आज १२१ कम्पनीको शेयरको मूल्य बढ्यो, ११७ को घट्यो र ६ को स्थिर रह्यो । कम्पनीगत रुपमा नारायणी डेभलपमेन्ट बैंक र बलेफी हाइड्रोपावरको मूल्य सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढ्यो । यस्तै, पिपुल्स हाइड्रोपावरको ९.१, समृद्धि फाइनान्सको ८.७, राप्ती हाइड्रोको ७.८ प्रतिशत मूल्य बढ्यो ।
कुथेली बुकरी स्मल हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै अर्थात ९.५ प्रतिशत घट्यो । नेपाल फाइनान्सको ८.२, समाज लघुवित्तको ६.२, युनाइटेड मोदीको ४.०३ तथा सुपरमादी हाइड्रोको पनि ३.५ प्रतिशत घट्यो ।