शीर्षकहरू

टिकटक नेपालमा सूचीकृत भयो

टिकटक नेपालमा  सूचीकृत भयो

काठमाडौं ।टिकटक नेपालमा आधिकारिक रुपमा सूचीकृत भएको छ । नेपाल सरकारले राखेका सबै शर्त र नेपालका कानुनी व्यवस्था मान्न तयार भएपछि गत १९ भदौमा टिकटक माथिको प्रतिबन्ध हटेको थियो । सोहि अनुसार टिकटकले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकृत गरेको र मन्त्रालयले राखेका सर्त बमोजिम नेपालमा फोकल व्यक्ति वा सम्पर्क कार्यालय रहने छ । 

मन्त्रालयका प्रवक्त गजेन्द्र प्रसाद ठाकुरका अनुसार यसअघि भाइबर र विटक नेपालमा सूचीकृत भएका थिए । सूचीकृत भएपछि अब नेपालको क्षेत्रमा टिकटक मार्फत भएका साइवर क्रममा नेपालको चासो र नियन्त्रण गर्न सकिने हुन्छ उनले भने। 

 मन्त्रालयका प्रवक्ता ठाकुरका अनुसार अब टिकटकले नेपालको पर्यटन प्रवर्द्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त पनि स्वीकारेको छ । यसरी नै अब नेपालबाट यसको कन्टेन्ट क्रियरहरुमा ठूलो मात्रमा रोजगारी समेत टिकटकले दिन सक्ने प्रवक्ता ठाकुर बताउँछन् ।