शीर्षकहरू

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्रीले पनि उनको जितमा बधाई दिएका छन् । फक्स न्यूजका अनुसार उनले स्पष्ट बहुमत २७० सिटमा विजयी हासिल गरेका हुन । 

अमेरिकी समाचार च्यानल फक्स न्यूजको विजयको भविष्यवाणीको बीचमा डोनाल्ड ट्रम्पले केही समयपछि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्ने छन्। उनले सिटमा निरन्तर अग्रता कायम राखेका छन् । फक्स न्यूजले ट्रम्पको पार्टीले २७७ इलेक्टोरल भोट र कमला ह्यारिसको पार्टीले २१४ इलेक्टोरल भोट पाउने दाबी गरेको छ ।

अमेरिकाका ५० राज्य र राजधानी वासिङ्टन डिसीमा कुल ५३८ इलेक्टोरल भोट छन् । यस चुनावमा कुल ७ स्विङ स्टेट छन् । यी ७ स्विङ स्टेटमा मात्र ९३ सिट छन् । अधिकांश स्विंग राज्यहरुमा ट्रम्पले नै अग्रता लिइरहेका छन् ।

फक्स न्युजका अनुसार डोमोक्र्याटिक्स पार्टी उम्मेदवार कमला ह्यारिसले कुल खसेको मतको ३१.३ प्रतिशत र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ६६.१ प्रतिशत मत पाएको जनाएको छ । जसमा कमलाले २२६ सिट र ट्रम्पले २७७ सिटमा जित हासिल गरेको फक्स न्युजले समाचार बनाएको  छ। 

चुनावी परिणाम आफ्नो पक्षमा आएपछि ट्रम्पले भने  ‘आफूले शानदार जित पाएको छु यो अमेरिकाको 'स्वर्ण युग' हुनेछ। यो अमेरिकी जनताको लागि एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ।’