शीर्षकहरू

सातवटै स्विंग राज्यमा डोनाल्ड ट्रम्पको अग्रता

सातवटै स्विंग राज्यमा डोनाल्ड ट्रम्पको अग्रता

एजेन्सी । अमेरिकामा राष्ट्रपति पदका लागि अग्रसर हुने ७ स्विङ राज्यमा डोनाल्ड ट्रम्पले आँधी ल्याएका छन । यी सातवटै राज्यमा डोनाल्ड ट्रम्पको अग्रता छ । तर, समग्रमा कमला ह्यारिसले ट्रम्पलाई कडा टक्कर दिने देखिन्छ । ट्रम्प २४७ इलेक्टोरल भोटमा अगाडि छन् भने कमला ह्यारिस २१४ मतमा अगाडि छिन् ।

 अमेरिकामा ५० वटा राज्य छन् र तीमध्ये अधिकांशले ‘स्विङ स्टेट’ बाहेक हरेक चुनावमा एउटै पार्टीलाई भोट हालेका छन्। अमेरिकाका सात राज्य पेन्सिल्भेनिया, मिशिगन, विस्कन्सिन, जर्जिया, नेभाडा, एरिजोना र नर्थ क्यारोलिनालाई स्विङ स्टेट भनिन्छ। चुनावी हिसाबले महत्वपूर्ण मानिने यी स्विङ स्टेटहरूमा मतदाताको झुकाव परिवर्तन भइरहन्छ। 

ट्रम्प स्विङ स्टेटमा अगाडि छन् । जसमध्ये नर्थ क्यारोलिनामा ट्रम्प विजयी भएका छन् । १९ इलेक्टोरल भोट रहेको पेन्सिल्भेनियामा कडा प्रतिस्पर्धा देखिएको छ ।