काठमाडौं । बुधवार दुई कम्पनीले ५ लाख ६३ हजार २१४ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ लाख २० हजार २१४ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले २ लाख ४३ हजार कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका हुन । दुबै कम्पनीहरुले यी शेयर विद्यमान संस्थापक शेयरधनीहरुलाई मात्र प्राथमिकतामा राखेर विक्री गर्न लागेका हुन ।
इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको केन्द्रिय कार्यालय बानेश्वर, काठमाडौंमा र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर रजिष्ट्रारको कार्यालय थापाथली, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुले आवेदन पेश नगरेमा अन्य व्यक्ति तथा संस्थामा यी शेयर विक्री गरिने जानकारी कम्पनीहरुले दिएका छन् ।